सदभावनाको अनसनमा प्रहरी हस्तक्षेप

rajendra-mahatoकाठमाडौं, १० जेठ । विभिन्न दश सुत्रीय माग राखेर आमरण अनसनमा बसेका  सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले अनसन स्थलबाट हटाएको छ ।
रत्नपार्कस्थित शान्तिबाटिकामा मंगलबार देखि आमरण अनसनमा बसेका महतोलाई प्रहरीले आज दिउँसो जबर्जस्ती हटाएको हो । चार दिनदेखिको आमरण अनसनका कारण उनको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । प्रहरीले उनलाई आमरण अनसनबाट उठाएर बीर अस्पताल पु¥याएको थियो । आकस्मिक कक्षमा राखेर महतोको उपचार भईरहेको उनका सहयोगी निमेश कर्णले बताए । अनसनस्थलमा प्रहरीले हस्तक्षेप गर्ने क्रममा सद्भावना पार्टीका नेता तथा कार्यकर्ता र प्रहरीबीच सामान्य झडप समेत भएको थियो । झडपमा महासचिव मनिषकुमार सुमन, केन्द्रीय सदस्यहरु अर्जुन उप्रेती र उमेश महतो घाईते भएको कर्णले बताए । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै सद्भावनाले विरोध जनाएको छ । तत्काल संविधान सभाको मिति घोषणा गरिनुपर्ने, निर्वाचन क्षेत्र पुनर्निधारण आयोग गठन लगायतका माग गर्दै महतो आमरण अनसनमा बसेका थिए । सरकारसंग विभिन्न चरणमा वार्ता भएपनि कुनै सहमती हुन नसकेपछि महतोले अनसन सुरु गरेका थिए ।

प्रतिक्रिया