मन्त्रीको प्रतिवद्धता पछि आवागमन सुचारु

Saptariराजविराज, १० जेठ । अज्ञात समूहद्वारा छुरा प्रहार गरी हत्या गरिएका पूर्वसभासद् सदरुल हक मियाँको हत्यामा संलग्न अपराधीलाई कारवाही गर्ने गृहमन्त्री माधवप्रसाद घिमिरेको प्रतिवद्धता पछि चारदिनदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग सुचारु भएको छ ।
राजमार्ग सुचारु भए पछि अलपत्र परेका सवारी साधन र यात्रु गन्तब्यतर्फ लागेका छन् ।
आज (शुक्रवार) विहान घटनास्थल सप्तरीको कल्याणपुर–२, विसनपुर चौक पुगेर गृहमन्त्री घिमीरेले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् । पूर्वसभासद् मियाँको हत्याप्रति दु:ख व्यक्त गरेका उनले भने, ‘हत्यारालाई कानूनी दायरामा ल्याउन राज्यका सुरक्षा संयन्त्र परिचालन गरिसकेको छ ।’
सरकारले पूर्वसभासद् मियाँको हत्या प्रकरणको न्यायिक छानबिन गर्न बिहीवार समिति समेत बनाई सकेको छ ।

प्रतिक्रिया