प्रचण्डवरिपरि नेपाली राजनीति

Shibaraj-Bhandariनेपाली कांग्रेस यस पटक संविधानसभा निर्वाचनका लागि बढी नै आतुर देखिएको छ । जिल्ला–जिल्लामा प्रतिनिधिसमेत खटाइसकेको हुँंदा ऊ निर्वाचनका लागि हतारिएको तथ्य उजागर हुन्छ । मिति घोषना नहुँदै अर्थात् निर्वाचनको ग्यारेन्टी नहुँदै कांग्रेस योपटक किन यसरी तात्तिएको होला ? के पहिलो संविधानसभा निर्वाचनमा बेहोर्नुपरेको लज्जास्पद पराजय र परिणाम उल्टाउन उसलाई हतार भएको हो ? कि निर्वाचनबाट मात्रै गुजुल्टिएको राजनीति लिकमा ल्याउन र लोकतन्त्र मजबुत बन्छ भन्ने ठानेर हो ? वा भड्किएका आफ्ना पुराना कार्यकर्तालाई सम्झाइबुझाइ फेरि मूलधारमा ल्याउन लामै कसरत गर्नुपर्छ भन्ने बुझेर हो ? वा बहुमत प्राप्त गरी २०४७ सालमा जस्तै गरी संविधान बनाएर आफ्नो गबिर्लो छवि जोगाउन चाहन्छ ? जे होस् कांग्रेसलाई एजेन्डाविहीन भन्नेहरू समेत उसको सक्रियता देखेर दंग परेको हुनुपर्छ । पछिल्लो समय एमाओवादीको पिछलग्गु बनेको, उसको एजेन्डालाई वैधानिकता दिन सहिछाप मात्रै ठोक्दै आएको जस्ता आरोप खेप्दै आएको भए पनि कांग्रेसको यो उत्साह र सल्वलाहटले अब अन्य दलहरूलाई पनि निर्वाचनमा होमिन प्रेरित र बाध्य दुवै पार्नेछ । कांग्रेसले आफ्नोतर्फबाट चुनावी एजेन्डा प्रस्तुत गरिसकेको त छैन । तर, उसको नेतृत्व राष्ट्िरयता, लोकतन्त्र र नयाँ संविधानको ग्यारेन्टिका लागि कांग्रेसलाई बहुमत दिन अपिल गरिरहेको सुनिन्छ ।
निर्वाचनको सवालमा अन्यदल पनि आ–आफ्ना तयारीमा नलागेका भने होइनन् । तर, अन्यले कांग्रेसले झैँ निर्वाचनकै लागि भनेर औपचारिक निर्णय भने गरिसकेको अवस्था छैन । भलै मधेसी दलहरू पनि जिल्ला दौडाहामा छन् । एमाले पनि देशव्यापी सभा–सम्मेलनहरूमा व्यस्त छ । कांग्रेस जस्तै एमाले पनि सभाहरूमा–एमाओवादीकै उछितो काढ्न तल्लीन देखिन्छन् । संविधानसभा विघटन र संविधान नबनेको आरोप उसैमाथि लगाउँछ । ‘कमरेड प्रचण्ड सर्वसत्तावादी र धोकादायी हँुदा नै संविधानसभाको अनपेक्षित अवसान हुन पुग्यो’ एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ वर्षको पूर्वसन्ध्यामा २०६९ चैत २९ गते दाङको तुलसीपुरमा बोलेका शब्दावली थिए यी । पछिल्लो समय एमाओवादीका अध्यक्ष प्रचण्ड स्वयं विभिन्न जिल्लाहरूमा पुगिरहेका छन् । चीन भ्रमण सकेर फर्केलगतै उनी विमाननै चाटर गरेर बाँके पुगे । बाँकेमा जाँदा प्लेनको टिकट नपाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भौँतारिँदै गरेका कांग्रेस सभापति सुशील कोइरालालाई दयाभाव देखाएर लिफ्ट दिए र बाँकेसम्म पुर्‍याए र सुशील पनि खुरुक्क उनकैपछि लागेर गृह जिल्ला पुगे । यो उनको महाभूल थियो भन्नेहरू कांग्रेसका खाँठी कार्यकर्ताहरू नै छन् ।
तेस्रो पार्टी एमाले पनि समान रूपमा सत्ताको नेतृत्व गर्न भ्यायो । तर, कांग्रेस दोस्रो ठूलो पार्टी भएर पनि सत्ताको नेतृत्व गर्नबाट वञ्चित रह्यो अर्थात् सकेन । यसको अर्थ–पहिलो संविधानसभा निर्वाचन यता वामपन्थीहरूकै सत्तामा हालीमुहाली थियो । तर, पनि संविधानसभा जोगिएन वा बन्न सकेन । ‘वामपन्थीहरू मिलेको भए स्पष्ट बहुमत थियो । तर, उनीहरू भाषणवाजी र एकअर्काको उछितो काट्नमै रमाए । जति चर्का, भावनात्मक र आकाश छुने कुरा गरे पनि व्यवहारमा उर्तान लागि परेनन् । यर्थाथमा संविधान बनाउन ध्यान दिएनन्, चाहेनन् वा सकेनन् । सांगठनिक रूपमा मात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै उसको पहिचान कमजोर भैसक्यो भनेर हौवा फुक्नेमध्ये धेरै कमरेडहरू नै छन् । ‘चिया कपमा तुफान’ गफमा कमरेडहरू उदाहरण स्वरूप कांग्रेस सभापति सुशील कोइरालालाई प्रस्तुत गरिरहेका भेटिन्छन् । हुन पनि, एमाओवादीका अध्यक्ष प्रचण्डले बाह्य चलखेलका कारण सुशीलजीलाई प्रधानमन्त्री बनाउन सकिएन भनेको केही दिनमै कांग्रेस सभापति कोइरालाको पनि त्यस्तै लवज सुनियो ‘अन्तर्राष्ट्रिय चलखेलकै कारण म प्रधानमन्त्री बन्न सकिन ।’ नेपाली कांग्रेस मात्रै होइन, एमालेलगायत अन्य केही दलले कोइरालालाई भावि प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए अथ्र्याएका थिए । तर, पनि किन उनी प्रधानमन्त्री बन्न सकेनन् ? ‘उनलाई कमरेडहरूले नानी समान त्यसरी ‘माछो–माछो भ्यागुतो’ खेल खेलाउँदा पनि विश्वास गरिरहे । ती पात्र र प्रवृत्तिहरू प्रचण्ड र बाबुराम नै थिए ।’ यति भनेर ती कमरेडले खित्काछोडी हाँस्दै थपे हेर साथी कांग्रेस अर्थात् सुशीलको हैसियत यही परिदृष्यबाट पनि छरप्रस्ट हुन्छ । ‘के जेठो पार्टी भनेर गफ दिन्छौ ।’ तर, कांग्रेसका समर्थकहरू आफ्नो नेतृत्वको बचाउ गरिरहेका थिए । ‘त्यसैले प्रचण्ड र बाबुरामहरू कांग्रेस र सुशीललाई स्थापित हुन नदिन पर्दाभित्रबाट खेल्ने कुख्यात खेलाडी हुन् ।’ यही तथ्य बुझ्न नसक्दा आज कांग्रेसको नेतृत्व सत्ताबाट विमुख हुनुपरेको मात्रै हो, तर कांग्रेस कमजोर बनेको होइन र छैन ।
‘सादगी जीवनशैलीका धनी अर्थात् अनुकरणीय व्यक्ति हो तपार्इं’ भनी अगाडि गुनगान गाउने, तर ‘पिठ्यूँपछि छुरा रोप्ने’ काम कमरेडहरू तपार्इंहरूबाटै भइरहेको छ । यसरी कांग्रेसका अनुयायीहरू प्रतिरक्षा गर्दैगर्दा फेरि कमरेड चर्का बोलिहाल्थे–‘कांग्रेस अर्थात् सुशील भनेको मक्किसकेका छन् (जो कामै लाग्दैन)। यस्ता पात्रहरू ऋषिमुनिका रूपमा मन्दिरमा जानुभन्दा अर्को उपयोगिता छैन ।’ वास्तवमा एमाओवादी नेतृत्वको यस्तै बहुरूपी चरित्र बुझ्न नसक्दा कांग्रेस आज समस्यामा जकडिएको हो । प्रधानमन्त्रीको कुरा उठ्नेबित्तिकै सुशीलजी † तपार्इं नै हो भन्ने, तर सहमति बन्दै गर्दा फेरि वरिष्ठ नेता देउवालाई उचालेर रडाको मच्चाइ बिथोल्नेसम्मका हर्कतहरू भए । त्यसैले त अनेक तिकडम गर्ने प्रचण्डको मात्रै रेकर्ड र वर्चस्व दर्ज छ अहिले गणतान्त्रिक नयाँ नेपालमा । यतिसम्म कि, कांग्रेस, एमाले र एमाओवादीबीच भएको साझा निर्णयलाई एकलौटी ढंगले आफ्नो महाधिवेशनमार्फत सार्वजनिक गर्दै ‘मैले गरेँ’ भनेर देखाउने पात्र पनि प्रचण्ड नै हुन् । प्रचण्डले प्रस्ताव र घोषणा गरेको व्यक्ति (खिलराज रेग्मी) लाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाएर जस एक्लैले लिन खोजे । पछिल्लो समय अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिका लागि रिफारिसको प्रसंग पनि कम्ता मजागको विषय हो/ हुन् । यी लोकमानसिंह पनि प्रचण्डले नै रोजेका पात्र हुन् भन्ने छर्लंग भइसकेको छ । तैपनि कांग्रेस अर्थात् सुशीलजी मौन किन ? सक्दै र दीर्घकालीन लक्ष्यलाई ध्यानमा राखी युवा सहभागितामा जोड दिइएको योजना तथा कार्यक्रम राष्ट्रिय योजना आयोगले ल्याउनसकेको अवस्थामा त्यो दिगो हुनेछ नै त्यसले देश विकासमा समेत टेवा पुग्नेछ । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रियको मेरुदण्ड भएकाले युवाहरूलाई देश विकासमा उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन युवा सहभागिता अनिवार्य रहन्छ । यसो भएको अवस्थामा मात्र देशले विकासमा फड्को मार्नेछ ।
अहिले युवाका मुख्य मुद्दा भनेको पहिचान, सहभागिता र पहँुच हो । वास्तवमा अहिलेसम्म देखापरेका हाम्रा युवा नेता पाका नेताले चपाइदिएका कुरा निल्नेसम्म भएका छन् । गगन थापा, गोकर्ण विष्टलगायत एक दुईजना युवा नेतामा केही आशा गर्ने ठाउँ छ हैन भने अन्य सबैमा बुढ्यौली शैली र चिन्तनको विकास भएको छ । यथार्थ यही हो । भोलि यिनै चपाइदिएको खाने युवा देश हाँक्ने नेता हुन सक्लान् । निश्चितरूपमा युवाहरूले बूढाहरूको ठाउँ लिने हो । लिनु पनि पर्छ । तर, एकाएक बूढाहरूले देश चलाउन सकेनन् भनेर युवाहरूलाई गुहार्नु वैचारिक दरिद्रता मात्र हो । वास्तवमा देश न बूढा नेताहरूबाट मात्र चल्न सक्छ, नत देश युवा नेताहरूले मात्र चलाउन सक्छन् । देश बूढा नेता र युवा नेताको संयोजनले मात्र चल्न सक्छ । बूढा नेताहरूलाई युवा नेताको जोस चाहिन्छ । शक्ति चाहिन्छ । ताकत चाहिन्छ । ठीक त्यसरी नै युवा नेताहरूलाई बूढा नेताको बुद्धि चाहिन्छ । अनुभव चाहिन्छ । शिक्षा चाहिन्छ । तालिम चाहिन्छ । युवा र प्रौढ उमेर समूहका नेताका दुई धार छन् एकले अर्कोलाई  बाइपास गर्ने अवस्था छ । समग्र राज्यव्यवस्था रूपान्तरणका लागि त्यसको अन्त्य आवश्यक छ ?

प्रतिक्रिया