सल्यानमा खुकुरी प्रहार पछि घरमा आगजनी

salyanसल्यान, ९ जेठ । सल्यान जिल्लामा छिमेकीको घरमा आगो लगाएको आरोपमा प्रहरीले टीकाराम बिकलाई पक्राउ गरेको छ ।
बुधबार राति रामपुर–५, हल्दे निवासी ५१ बर्षीय टीकारामले छिमेकी शशिधर बिकको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार र आगजनी गर्नुको कारण खुल्न सकेको छैन ।
घरमा आगो लगाउनु अघि टीकारामले शशिधरलाई खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएका थिए ।
इलाका प्रहरी कार्यालय कालमाटीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको थियो । आगजनीबाट करीव २ लाख बराबरको क्षति भएको छ ।

प्रतिक्रिया