चट्याङबाट मृत्यु

गुल्मी : गुल्मीको  पूर्कोट दहमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मंगलबार राति पुर्कोट दह गाविस–६ की ८५ वर्षीया पवित्रा भट्टराईको ज्यान गएको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए । राति घरैमा परेको चट्याङले घरका अन्य चार सदस्य पनि बेहोस भएका थिए । अहिले  उनीहरूको अवस्था सामान्य रहेको छ । दुई दिनदेखि परेको वर्षासहित जिल्लाका विभिन्न ठाउँमा चट्याङ परिरहेको छ । (सौस)

प्रतिक्रिया