निर्वाचनका बारेमा चिनियाँ राजदूतको चासो

downloadकाठमाण्डौं, ८ जेठ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईबीच आसन्न संविधान सभा निर्वाचनका बारेमा छलफल भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको भेटमा राजदूत चुन्ताईले निर्धारित समयमै नेपालमा संविधान सभा निर्वाचन भएको चीनले हेर्न चाहेको कोइरालालाई बताएका थिए । राजदूतसंगको भेटपछि सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै कोइरालाले सबै राजनीतिकदलहरु निर्वाचनका विषयमा गम्भिर रहेकाले मंसिरमा निर्वाचन हुने विश्वास राजदूतलाई दिएको बताए । भेटमा चीन र नेपाल सम्बन्धका साथै भारत र चीन सम्बन्धका बिषयमा समेत छलफल भएको कोइरालाले जनाए । उनले भारत र चीनबीचको आपसी सम्बन्धले नेपाललाई समेत फाईदा हुने भएकाले दुई देशबीचको सम्बन्धमा जोड दिएको बताए ।

प्रतिक्रिया