फरार ७ कैदी पक्राउ

रोल्पा : दश दिनअघि रोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदी तथा थुनुवामध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जङकोट गाविसको गैराखुटी भन्ने स्थानबाट मंगलबार दिउँसो जबरजस्ती करणीका अभियुक्त धु्रव डाँगी र डाँका–चोरी मुद्दाका थुनुवा कृष्णबहादुर ओलीलाई पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या सात पुगेको हो । डाँका–चोरी अभियुक्त रोल्पा धबाङका राजु थापा, दाङ सैघाका दीपक पुन, राङकोट रोल्पाका वसन्त रोका, जबरजस्ती करणी अभियुक्त जेदबाङका चम्फे विक र तस्करी अभियुक्त रोल्पा खुंग्री गाविसका अर्जुन सेनलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । जबरजस्ती करणीका अभियुक्त रोल्पा जंकोटका राजबहादुर ओली भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया