‘ऐन नबनेका कारण मिति घोषणामा ढिलाइ’

Puspakamal-Dahalचितवन : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनसम्बन्धी ऐनका कारण संविधानसभा चुनावको मिति घोषणामा ढिलाइ भएको बताएका छन् ।
‘सबै विषयमा सहमति भइसकेको छ तर ऐनका विषयमा र केही दलको विमतिले अप्ठ्यारो भएको हो,’ क्रान्तिकारी पत्रकार संघ चितवन शाखाले मंगलबार भरतपुरमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘घोषणाको तयारीमा सरकार र पार्टी अन्तिम चरणमा छन् ।’ थ्रेसहोल्ड र समानुपातिक प्रणालीका विषयमा यसअघिको निर्वाचनमा अपनाइएको पद्धति नै लागू गरिने अध्यक्ष दाहालको दाबी छ ।

प्रतिक्रिया