तीन सय आठ राउन्ड गोली बरामद

goliकाठमाडौं, ८ जेठ । प्रहरीले बेवारिसे अवस्थामा रहेका विभिन्न हतियारका तीन सय आठ राउन्ड गोली बरामद गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले सोमबार गोली बरामद गरेको हो ।
काठमाडौंमा फेला परेका हतियारको गोलीमध्ये यो अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोलढुंगा र धर्मस्थलीको बीचको खाली जग्गामा रहेको फोहोरमा लुकाएर राखेको अवस्थामा गोली फेला परेको हो । एसएलआरको ४८ राउन्ड, थ्रिनटथ्री राइफलको १८ राउन्ड, म्याग्नम राइफलको ४९ राउन्ड, चाइनिज टाइप ५४ पेस्तोलको १ सय २८ राउन्ड, सोको म्याग्जिन २ थान, खोका ६ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, ९ एमएमको ९ राउन्ड, चाइनिज पेस्तोल टाइप ७७ को ४४ राउन्ड, सोको खोका २ थान, हर्नेटको ३ राउन्ड, टुटु राइफलको ९ राउन्ड र सोको म्याग्जिन १ थान फेला परेको प्रहरीले जनाएको छ । फेला परेका गोली कसले लुकाएको भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेकाले अहिले नै बताउने अवस्था नरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा छापा मार्दा सो हतियार फेला परेका प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया