सामुदायिक विद्यालय खाली

उदयपुर, ७ जेठ । शिक्षक सेवा आयोग र लोकसेवा आयोगको परीक्षा दिने भन्दै शिक्षकले जिल्लाका अधिकांश सामुदायिक विद्यालय बन्द गर्दा विद्यार्थी मारमा परेका छन् ।  सामुदायिक विद्यालय दुई दिनदेखि बन्द गरेर दुर्गमका शिक्षक परीक्षा दिन सदरमुकाम झरेपछि विद्यार्थी मारमा परेका हुन् ।
शिक्षक सेवा आयोगको परीक्षाको तयारीका लागि १० गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ । वर्षे बिदाबाट कट्टा हुने गरी ६ दिन विद्यालय बन्द गरिएको हो । शिक्षक सेवा आयोगको परीक्षा यही जेठ ९, १० र ११ गते हुँदै छ । आयोगको तयारीका लागि जिल्लाको ताम्लिछा, बलम्ता, जाँते, बाराहालगायत ठाउँका विद्यालय दुई दिन यता बन्द भएको  जाँतेका रामबहादुर थापाले जनाकारी दिए । यस विषयमा निमावि मिनासिकाका प्रधानाध्यापक झिल्लीप्रसाद कोइरालालाई सोध्दा आफू पनि तालिममा सदरमुकाममा नै भएको र अन्य सबै शिक्षक शिक्षिकाको परीक्षा भएकाले बिदा दिएको बताए ।

प्रतिक्रिया