गर्भवती महिलालाई सोपानेट झुल वितरण

Dadeldhura Districtडडेल्धुरा ६ जेठ । जिल्लाको भित्री मधेश क्षेत्रको आलिताल गाविसका गर्भवती महिलाहरुलाई सोपानेट झुल वितरण गरिएको छ ।
आलिताल गाविसका वडा नं १ देखी ८ सम्मका सबै टोलहरुका गर्भवती महिलाहरुलाई आजसम्म ७ सय ४३ झुल स्वास्थ्यचौकी आलितालमार्फत वितरण गरिएको गाविस सचिव कृष्णदत्त जोशिले बताए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत ग्लोबल फण्डको सहयोग तथा पिएसआई नेपालको आयोजनामा नेपाल रेडक्रस सोसाईटी आलिताल उप शाखा डडेल्धुराले निशुल्क सोपानेट झुल वितरण गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डडेल्धुराका सभापति सुरेन्द्र ऐरले बताए । तराईमा बढ्दो गर्मीसंगै लामखुट्टेको प्रकोप पनि बढ्ने भएकाले झुल वितरण गरिएको रेडक्रसले जनाएको छ ।

प्रतिक्रिया