शिक्षक नै आउन छोडेपछि विद्यालय बन्द

बर्दिया, ६ जेठ ।  शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका सबै सामुदायिक विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएका छन् । शिक्षकहरु विद्यालय नै बन्द गरेर परीक्षाको तयारीमा जुटेका हुन् । मुलुकभर रिक्त रहेका शिक्षकहरुको स्थायी नियुक्तिका लागि शिक्षक सेवा आयोगले यही जेठ ९, १० र ११ गते सञ्चालन गर्ने गरेर परीक्षा तालिका सार्वजनिक गरेपछि शिक्षकहरु विद्यालय जान छाडेका छन् । शिक्षकहरु विद्यालय आउन छोडेपछि ५ दिनको लागि जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरिएका हुन् ।

प्रतिक्रिया