फरक स्वरुपको राजसंस्था आउँछ : थापा

Kamal-Thapaबुटवल, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फरक स्वरुपको राजसंस्था पुन:स्थापित हुने दावी गरेका छन् ।
‘पुन:स्थापित हुने राजसंस्थाको स्वरुप फरक हुन्छ,’ उनले भने, ‘अब पुन:स्थापित हुने राजसंस्था संविधानको मातहत र संसदीय नियन्त्रणमा रहने छ ।’
बुटवलमा आज (सोमबार) सञ्चारकर्मीसँग कुरागर्दै उनले मुलुकलाई नयाँ स्वरुपको राजसंस्था आवश्यक रहेको बताए ।
अध्यक्ष थापाले राप्रपा र राजपाले बैचारिक रुपमा मृत्यूवरण गरेको आरोप लगाए । ‘राप्रपा र राजपामा कुनै बैचारिक धरातल छैन,’ उनले भने, ‘एकीकृत राप्रपा प्राण नभएको शरीरको रुप हो ।’
यसैबीच, राप्रपा नेपालका अध्यक्ष थापाले चार दलीय उच्चस्तरीय राजनीतिक समिति खारेज गर्न माग गरे । उनले समिति खारेज नहुँदा सम्म मुलुकमा निष्पक्ष निर्वाचन हुन नसक्ने बताए ।

प्रतिक्रिया