‘पार्टी परित्याग गर्नेहरु अवसरवादी’

imagesदेउखुरी, ६ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टी परित्याग गर्नेहरुलाई अवसरवादीको संज्ञा दिएका छन् ।
आईतवार वेलुका लमही आईपुगेका खनालले पत्रकारहरुसंग कुराकानीमा राजनीतिक सिद्धान्त र नीतिका कारण नभई व्यक्तिगत स्वार्थ पुरा गर्न पार्टी परित्याग गर्ने गरेको टिप्पणि गरे । उनले भने–‘पार्टी छोडेर जाने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न पार्टी भित्र छलफलको आवश्यक छ ।’ केहि दिन अघि मात्र एमाले नेतृ उर्मिला अर्याल पार्टी छोडेर एमाओवादी प्रवेश गरेकि थिईन भने अर्का एमाले नेता रामचन्द्र झा पनि केहि महिना अघि माओवादी प्रवेश गरेका थिए ।
देश गम्भीर मोडमा रहेको भन्दै खनालले जनआन्दोलनको उपलब्धी संस्थागत गर्न निर्वाचनको विकल्प नरहेको बताए । ‘मुलुकलाई संकटवाट निकास दिलाउन निर्वाचनको विकल्प छैन्’ उनले भने–‘ राजनैतिक दलको काँधमा अहिले उपलब्धी संस्थागत गर्ने र संविधान निर्माण गर्ने मुख्य जिम्मेवारी आएको छ ।’ उनले प्रतिक्रियावादीहरु आन्दोलनका उपलब्धीहरु संस्थागत हुन नदिन सक्रिय रहेको भन्दै यसको प्रतिरोध गर्न सबै राजनीतिक दलहरु एक ठाँउमा उभिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया