आयोजक मोर्गनलाई उपाधि

basketball-morgan-photoकाठमाडौं : आयोजक मोर्गन इन्टरनेसनल कलेजले प्रथम मोर्गन कप थ्री वाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । बसुन्धरास्थित आयोजकको कोर्टमा भएको फाइनल खेलमा मोर्गनले भ्याली पब्लिकमाथि १७–१६ को रोमाञ्चक जित हात पार्‍यो । निर्धारित १० मिनेटको समयमा १३–१३ को बराबरी खेलेपछि थप गरिएको २ मिनेटको समयमा मोर्गनले ४ र भ्यालीले ३ अंक जोडेको थियो । विजेता टिमलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, कलेजका प्रिन्सिपल दीपेन्द्र भण्डारीले सिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरेका थिए । सो अवसरमा प्रतियोगिताका संयोजक पूर्ण न्यौपानेको पनि उपस्थिति रहेको थियो । (सौस)

प्रतिक्रिया