महिलालाई आत्मसुरक्षा तालिम

काठमाडौं : महिला सशक्तीकरण नेपाल नामक संस्थाले महिला हिंसामा कमी ल्याउन आत्मसुरक्षा तालिम दिने भएको छ ।  संस्थाले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रश्मिला प्रजापतीले शारीरिक रूपमा कमजोर भएकै कारण महिलामाथि हिंसा हुने गरेको उल्लेख गर्दै हिंसा न्यूनीकरण गर्न तालिमले मद्दत पुर्‍याउने दाबी गरिन् । स्विस प्रशिक्षक एडेसा रामोसले चरणबद्ध रूपमा आत्मसुरक्षा तालिम प्रदान गर्ने संस्थाले जनाएको छ । (सौस)

प्रतिक्रिया