दुई जनाको ज्यान लिएको पाटेबाघ मर्‍यो

tiger-jungleचितवन, ५ जेठ । गएको बैशाख २६ गते गीतानगरको देवनगर पोष्ट नजिकै एकै दिन दुई जनाको ज्यान लिएको पाटेबाघ आज मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय कसराको वन्यजन्तु संरक्षणका लागि राखिएको उक्त बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेलले जानकारी दिएका छन् । दुई जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिई कसरास्थित काठको इन्क्लोजरमा राखिएको थियो । १५ देखि १६ वर्ष उमेरको अनुमान गरिएको बाघको ढाड, पुच्छर र गर्दनमा अर्को बाघको आक्रमणबाट चोट लागेको थियो । घाइते अवस्थामा नै बाघले बैशाख २६ गते एकैदिन गीतानगरका हनुमन्ते सार्की र भिमबहादुर आलेमगरको ज्यान लिएको र अर्का एक जना बिकास न्यौपानेलाई घाइते बनाएको थियो । २ सय ५६ सेन्टिमिटर लम्बाई रहेको सो पोथी बाघ बुढो भइसकेको र घाइते, अशक्तका कारण मरेको अधिकृत पौडेलले बताए । फाईल तस्विर

प्रतिक्रिया