कथित चार ‘डन’ विरुद्ध विशेषमा मुद्दा दर्ता

काठमाडौं, ५ जेठ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले कथित चार जना ‘डन’ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले आज (आइतबार) चक्रे मिलन, पर्शुराम बस्नेत, अभिषेक गिरी र दीपक मनाङगे विरुद्ध सम्पत्ति सुद्धिकरण सम्बन्धि मुद्दा दर्ता गराएको हो । उनीहरुले आर्जन गरेको सम्पत्ति अवैध रहेको ठहर सहित मुद्दा दायर गरेको विभागले जनाएको छ ।
डर, धम्की र विभिन्न बहानामा अकुत सम्पत्ति कमाएको आशंकामा उनीहरु विरुद्ध विभागले आनुसन्धान पछि मुद्दा चलाएको छ ।

प्रतिक्रिया