बोर्डरमा आयूष

Aaus-Rijalकाठमाडौं : नेपाल–भारत सम्बन्धको विषयमा चलचित्र बोर्डर निर्माण हुने भएको छ । सञ्जयबाबु ढकालले यो चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रमा यी दुई देशबीचका विगत र वर्तमान सम्बन्धका विषय समेटिने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रममा नेपाल–भारत मैत्री हस्पिटलका निर्देशक सुरेन्द्र विसी, पवन पाठक, बलिउड चलचित्र निर्माता अजय खरेल, मोडल अजय पाण्डेलगायतले चलचित्रका विषयमा प्रस्ट पारेका थिए । नेपाली र हिन्दी दुई भाषामा निर्माण हुने यस चलचित्र आयूष रिजाल र गरिमा पन्तलगायत कलाकारले मुख्य भूमिकामा अभिनय गर्नेछन् । (सौस)

प्रतिक्रिया