पुनरावेदनमा न्यायाधीश नियुक्तिको तयारी

Sarbochhaकाठमाडौं, ५ जेठ । न्यायपरिषद्ले लामो समयदेखि रिक्त पुनरावेदन अदालतको न्यायाधीश नियुक्ती प्रक्रिया तत्काल थाल्ने भएको छ । न्यायपरिषद् स्रोतका अनुसार एक साताभित्र ३१ पुनरावेदन अदालतका न्यायाधीश नियुक्ती गर्ने तयारी गरिएको छ ।
देभभरका १६ पुनरावेदन अदालतमा करिब तीन दर्जन पद रिक्त रहेका छन् । रिक्त दरबन्दीमध्ये ३१ को नियुक्ती प्रक्रिया अघि बढाउन थालिएको हो । न्यायपरिषद्ले तीन महिनाअघि पुनरावेदन अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने परिक्षार्थीको परिक्षा पनि परिषद्ले लिइसकेको छ ।
न्यायपरिषदले दुई महिनायता सर्वाेच्च अदालतमा पाँच अस्थायी न्यायाधीश र पुनरावेदन अदालतमा ६ मुख्य न्यायाधीशलाई नियुक्त गरिसकेको छ । पुनरावेदनमा अन्य ३१ न्यायाधीश एक साताभित्र नियुक्तीको प्रक्रिया थाल्न लागेको स्रोतले बताएको छ ।
न्यायपरिषद्ले पुनरावेदन अदालतमा न्यायाधीश नियुक्ती गरिसकेपछि जिल्ला अदालतमा पनि न्यायाधीश नियुक्त गर्ने बताउँदै आएको छ । जिल्ला न्यायाधीशका लागि दरखास्त लिई परीक्षासमेत भइसकेको छ ।

प्रतिक्रिया