कोशी व्यारेजको ढोकामा बालकको शव भेटियो

राजविराज, ४ जेठ । सुनसरीको कोशी ब्यारेजको ढोकामा आज एक बालकको शव फेला परेको छ । गएको बिहीबार कोशी घाटमा नुहाउने क्रममा वेपत्ता भएका एक वालकको शव आज फेला परेको हो । सुनसरी हरिपुर ९ निवासी बिहारी सहनीका ५ वर्षीय छोरा सुमित कुमारको शव कोशी ब्यारेजको ७ नम्वर ढोकामा फेला परेको हो ।
शवलाई जिल्ला अस्पताल इनरुवामा पोष्टमार्टम पश्चात् परिवारको जिम्मा लगाईएको कोशी ब्यारेजका प्रहरी ईन्चार्ज शम्भु वस्नेतले जानकारी दिए ।

प्रतिक्रिया