यौनकुण्ठित पात्रको ओजिलो कथा

RPभारतमा टिभी सिरियललाई प्रसिद्ध बनाउन अभिनेता जितेन्द्रकी छोरी एकता कपुरको देन रह्यो । एकताले आफ्नै खालको दर्शक बनाइन् र तीनलाई मनोरञ्जन दिइन् । जब एकताले फिल्म निर्माण थालिन् उनको क्षमतामा शंका गरियो । तर, उनी फिल्ममा पनि सफल भइन् । फिल्म निर्माणबारे उनले भनिन्, ‘माध्यम परिवर्तन गरेपछि आफूलाई पुन: प्रमाणित गर्नुपर्छ । सुरक्षित भूमिबाट बार–बार बाहिर निस्कनुपर्छ । सिनेमा बनाउँदाको स्पर्धामा पनि मैले धेरै संघर्ष गर्नुपर्‍यो यद्यपि, त्यसलाई मैले इन्जोए गरेँ ।’
यायावरका लेखक ब्रजेश पनि मिडियाको दुनियाँमा परिचित नाम हो । टेलिचलचित्र तथा चलचित्रको माध्यमबाट परिचित ब्रजेशको उपन्यास ‘यायावर’ ले उनलाई नयाँ परिचय दियो । एउटा परिचय स्थापित गरिसकेका व्यक्तिले नयाँ परिचय स्थापित गर्न नयाँ कसरत गर्नैपर्छ । सिनेमा लेखनको क्षमता स्तरीय उपन्यास प्रकाशनको मार्गप्रशस्त गर्ने बलियो आधार त हुँदै हो । यायावर बारेको पहिलो कुतूहलता नै यायावर कस्तो होला भन्ने हो । जब पढिसकिन्छ तब त्यो कुतूहलताले सन्तोषपूर्वक विश्राम लिन्छ ।
yavarयायावरको प्रमुख सफलता यसको कथाले अन्तसम्म तानिरहनु नै हो । टुंगो पहिल्यै थाहा भए पनि कसरी अन्त्यमा पुगिएला भन्ने कुतूहलले पाठकलाई तानिरहन्छ । कथालाई संस्मरणमा भनिएको छ । सबैले देखे/भोगेका पात्र र घटना कथानकमा आउँदा पाठकले घटना र पात्रसँग सादृश्यता राख्छ । कथामा हास्य चेत यति स्वाभाविक रूपमा आएको छ कि त्यसले पाठकलाई पेट मिचिमिची हँसाउँछ । हास्य चेतलाई ध्रुवचन्द्र गौतमले जसरी आºनो शैली बनाएका छन् त्यस्तै छनक ब्रजेशकोमा पनि भेटिन्छ । अर्थात्, यायावर पढिरहँदा पाठक रमाइरहन्छ ।
यायावर सहरमा डेरा गरी बस्ने एउटा जागिरेको कथा हो । घरपरिवार गाउँमा छाडेर एक्लै सहरमा डेरा गरी बस्दाको मनका गाँठागुँठी यसमा मजाले फोइएको छ । ‘म अविवाहित हुँ कुमार होइन,’ भनेका सन्त नेता किसुनजीलाई पनि सम्झाउँछ यायावरको वैकुण्ठले । विवाहित मान्छे एक्लो हुन्छ ? विवाहित मान्छे कुमार हुन्छ ? विवाहित कुमारको यौन जिज्ञासा र त्यसको निरूपणको प्रयास कस्तो हुन्छ ? यायावरको कथाको मुख्य मार्ग यिनै हुन् । जगदीश घिमिरेले यायावरलाई ‘नेपाली साहित्यको एक उपलब्धि’ भनेका छन् । निश्चय नै यौनलाई प्रमुखता र सिर्जनशीलताका साथ उठान गर्न सक्नु यायावरको उपलब्धि नै हो ।
त्यस्तै, प्रमुख पात्र वैकुण्ठेको बाल्यकालका संस्मरण, आमा–बासँगको सम्बन्धले यायावरलाई हृदय छुने बनाएको छ । त्यसबोहक यायावरले तत्कालीन काठमाडौंको परिवेशलाई पनि केही अंशमा प्रस्तुत गरेको छ । भैरे जस्ता रमाइला पात्र सहरमा सधैँ उपलब्ध छन् वा भैरेजस्ता पात्र गाउँबाट सधैँ आपूर्ति भइरहेकै छन् । अनि एउटा होइन, दुईवटा भैरेले यायावरमा चित्रित हुने मौका पाएको छ, वर्तमानको भैरे र वीगतको भैरे । वीगतको भैरे वर्तमानको भैरे हुन लागेका समय र उसले हासिल गरेको स्थान नै समकालीन नेपालको इतिहास हो । त्यस्तै, पूजाजस्ता पात्र पनि महानगरको झिलिमिलीमा बत्तीको उज्यालोमा होमिएकी पुतलीजस्तै होमिइरहेका छन् । ठमेलमा मसाज र राजमार्ग वरपरका यौनकर्मीलाई व्यवस्थित गर्ने कुरा चर्कोसँग उठ्छ तर मसाजमा काम गर्न र यौन कर्ममा लाग्न महिलाहरू किन आउँछन् ? सकेसम्म तिनलाई आउनै नदिने र आइसकेपछि पनि तिनलाई वैकल्पिक काममा लगाउनेचाहिँ सायद कसैको कार्यक्षेत्रभित्र पर्दैन होला । त्यस सन्दर्भमा परस्त्रीगमनको अदृश्य राजनीतिलाई यायावरले सतहमा ल्याइदिएको छ, यसमा ब्रजेशको बहादुरी देखिन्छ । सहरमा राखिने घरेलु कामदारको पीडालाई यायावरले यथार्थ रूपमा देखाएको छ भने पत्रकारिताका विसंगत पात्रहरूलाई नङ्ग्याउन पनि भ्याएको छ ।
तर, सत्य के हो भने जुन रूपमा प्रकाशन र लेखकीय कर्म फस्टाएको देखिएको छ त्यो रूपमा नेपाली आख्यानले शिखर चुम्न सकेको छैन । नेपाली आख्यानमा विषयवस्तु र मुद्दा गम्भीर रूपमा उठे पनि शिल्प पक्ष भने बलियो हुन सकेको छैन । आज लेख्ने, भोलि छाप्ने र पर्सि चर्चित हुने रोगले नेपाली लेखकहरू ग्रसित छन् । प्रकाशक र लेखकबीच अविश्वासको वातावरण मौलाउँदै गएको कुराले प्रकाशन उद्योगलाई कता पुर्‍याउला ? पुस्तकलाई बजारतन्त्रको वस्तु मानेर छापिएको एक सातामा हजारौँ प्रति बिक्यो भनेर प्रचार गरी हिँड्ने प्रवृत्तिले गुणस्तरीय लेखन भनेको ‘यी त सब भन्ने कुरा न हो’ गराइरहेको छ । नत्र १८ वर्षको उमेरमा बल्ल अंग्रेजी भाषा सिकेर नोबेल पुरस्कार पाउने साहित्यकार जोसेफ कोनराडको महत्त्व किन हुन्थ्यो होला ? यथार्थका विभिन्न पाटा भए पनि हाम्रो समाजसापेक्ष ब्रजेश गम्भीर साहित्यकार हुने सम्भावनासाथ उदाएका छन् र यायावर अहिलेको समयको पठनीय उपन्यास हो ।
आºनो स्तम्भमा हालै ब्रजेशले विभिन्न सामाजिक सञ्जालमा सबै विषयमा नकारात्मक प्रतिक्रिया दिनेहरूलाई ‘प्रतिक्रियावादी’ भनेर व्यंग्य ठोके । क्रिया भएपछि स्वभावत: प्रतिक्रिया हुन्छन् नै † ब्रजेशको यायावर पढिसकिएपछि खट्किने एउटै कुरा हो, पुस्तक जति गहिराइमा जाने सम्भावना राख्छ त्यति गहिराइमा जान सकेन । जति आयाममा यसले पर्गेल्न सक्थ्यो त्यति सकेन । यति भन्दा प्रतिक्रियावादी भइन्न होला ।

प्रतिक्रिया