ओशो

anupamरजनीशलाई धेरैले जे कारणले चिन्छन्, त्यसको पूर्वाधार १९६८ को अगस्त २८ का दिन बनेको थियो । यिनलाई बम्बईको प्रख्यात ‘भारतीय विद्या भवन’ को हलमा प्रेमबारे पाँच दिन प्रवचनका लागि निम्त्याइएको थियो । प्रवचन प्रेम हुँदै यौनतर्फ प्रवेश गर्‍यो । रजनीश कसरी यौन ऊर्जा, ध्यान र प्रेममा रूपान्तरण सम्भव छ भनेर व्याख्या गर्न थाले । त्यो बेलाको भारत जहाँ यौनलाई चर्चा वर्जित विषय मानिन्थ्यो, रजनीशको यस्तो स्वछन्द प्रवचन त्यहाँ पचाउने कुरै थिएन । आयोजकहरू यिनीदेखि निकै रिसाए र रजनीशको प्रवचन स्थगित गरियो । रजनीश २८ अगस्त १९६८ मै फेरि बम्बई फर्किए र सोही विषयमा अझ विशाल जनसमुदायको उपस्थितिमा ग्वालियर टाँक मैदानमा प्रवचन दिन लागे । यो प्रवचन शृंखला यति प्रख्यात भयो कि अखबारवालाले रजनीशको नामै ‘यौन गुरु’ राखिदिए । उनले त्यतिबेला दिएको प्रवचन नै आजका दिनमा ‘सम्भोगबाट समाधिसम्म’ शीर्षकमा उपलब्ध छ र रजनीशको सबैभन्दा धेरै पढिएको पुस्तकमा पर्छ । रजनीश आफूमाथि लागेको यौन गुरुको आरोप खण्डन गर्दै आफू बरु यौनविरोधी गुरु भएको दाबी गर्थे । यौन गलत व्याख्याका कारण विकृत भएको र आºना कुरा सुनिएको, मानिएको खण्डमा संसारका सम्पूर्ण यौन विकृति स्वत: निर्मूल हुने दाबी पनि यिनको थियो ।
asoयौन मानिसको मूल हो । उत्पत्तिको स्रोत हो । आफूले यौन उन्मुक्तताको वकालत गरेको नभई यौनको उच्चतम् स्वरूपमा रूपान्तरणको सम्भाव्यता औँल्याएको रजनीश बताउँथे । रजनीश यौनजस्तो नितान्त प्राकृतिक ऊर्जाले मानिसलाई कति विकृत बनाइसकेको छ भन्ने कुराको उदाहरण आºना सयौँ पुस्तकमा केवल त्यो एक पुस्तकको चर्चा हुने गरेको तथ्यले पनि प्रमाणित गर्छ भन्थे ।
त्यसपछि १९६९ को सेप्टेम्बरमा कस्मिरको पहलगाममा रजनीशले पश्चिमासमक्ष अंग्रेजीमा पहिलो प्रवचन दिए । महर्षी महेश योगी जो तिनताका प्रसिद्ध पाश्चात्य सांगीतिक समूह बिटल्ससँगको साहचार्यका कारण निकै प्रख्यात थिए । उनी पहलगाममै आºना केही पश्चिमा शिष्यका साथ शिविर चलाइरहेका थिए । रजनीशचाहिँ आºना भारतीय शिष्यका साथ आºनै शिविरमा थिए । महेश योगीका केही शिष्यले रजनीशको प्रवचन सुन्ने उत्सुकता देखाएपछि रजनीशले आºनो पहिलो अंग्रेजी प्रवचन दिएका थिए । आºनो पहिलो प्रवचनमै रजनीशले महेश योगीको धज्जी उडाउँदै महेश योगीले सिकाउने करेको भावातीत ध्यान, ध्यान नभई एक प्रकारको सम्मोहन मात्र भएको र महर्षी योगी कुनै सन्त नभई औसत व्यक्ति मात्र भएको बताएका थिए ।
अमेरिकीमा भावातीत ध्यानको प्रभाव बढ्नुमा त्यसको आध्यात्मिक महत्त्व भन्दा पनि निदाउन मद्दत गर्ने कारण रहेको पनि रजनीशले बताएका थिए । महेश योगी केवल एक चतुर व्यापारी भएको र उनमा कुनै आध्यात्मिक ऊर्जा नभएको भन्न पनि रजनीशले बाँकी राखेका थिएनन् ।
रजनीशको ख्याति प्रतिदिन बढ्दो थियो । १९६९ को अक्टोबरमा द्वारकामा उनले आºनो अर्को शिविर सञ्चालन गरे । रजनीशले शिविरमा आºनो प्रवचनको प्रमुख विषय मृत्युलाई रोजेका थिए । मृत्युबारे उनले दिएको त्यो क्रान्तिकारी प्रवचनमा मृत्युप्रति मानिसमा अनावश्यक भ्रम र डर रहने गरेको भन्दै ध्यानपछि प्राप्त हुने समाधि र मृत्युको अनुभव एकै रहेको र त्यसै कारण ध्यानीलाई मृत्युदेखि कुनै भय नहुने बताएका थिए ।
‘मृत्युभन्दा ठूलो भ्रम वा झुट अरू केही छैन । तैपनि, यो सत्य लाग्छ । हरेक दिन हामी कोही मरेको देख्छौँ र सुन्छौँ । लाग्छ, हाम्रो सम्पूर्ण जीवन मृत्युकै वरिपरि घुमिरहेको छ । लाग्छ मृत्यु हाम्रो छायाभन्दा पनि निकटमा छ । मेरो अनुभव छ, मृत्युलाई स्वेच्छा भावले निमन्त्रण गरी द्रष्टाभावले नियाल्ने हो भने मृत्यु भय सदाका लागि समाप्त भएर जान्छ र त्यो परम ज्ञान हुन्छ, जहाँ मृत्युको कुनै स्थान छैन । हो, उपाय छ । स्वेच्छाले मृत्यु प्रवेश सम्भव छ । ध्यान र समाधिका प्रयोग नै मृत्यु भ्रम निवारणका उपाय हुन् र यो शिविरमा हामी तिनै प्रयोग गर्नेछौँ ।’
१९७० को अप्रिलमा रजनीशले निकै विवादस्पाद प्रवचन शृंखलाको सुरुवात गरे । समाजवाददेखि सावधान भन्ने सो प्रवचन शृंखलाले त्यसबेला निकै समाजवादी र गान्धीवादीलाई रिसले चुर बनाएको थियो ।
रजनीश अब गाउँ–गाउँ डुल्दै धर्म–ग्रन्थको व्याख्या गर्दै हिँड्ने आºनो अवतारबाट कसैलाई बाँकी नछाड्ने अवतारमा रूपान्तरित भएका थिए । कुनै गुट, धर्म, जात विशेषको व्यक्ति वा समूह आफू नजिक हुनेबित्तिकै रजनीश धुरुक्कै पार्ने गरी तिनको उछित्तो काढ्थे । कुनै पनि विचार वा वादमा आफूलाई नबाँधियोस् भनेर उनले ती दिनमा त्यस्तो गर्नुपरेको भनेर पछि बताएका थिए । महात्मा गान्धीविरुद्ध रजनीशले बोलेको सुनी जसै समाजवादीहरू रजनीशलाई पनि समाजवादी सम्झी नजिक हुन थाल्थे, यिनी तुरुन्तै समाजवादको चिरफार सुरु गर्दिहाल्थे ।
आºनो अभिप्राय कुनै विचारको उठान गर्न वा समर्थन गर्नका निम्ति नभई आºनो जीवन रूपान्तरण गर्न इच्छुक मानिसलाई मद्दत गर्नु मात्र रहेको बताउँदै रजनीश तर्कहरूको प्रयोग केवल त्यो कारणका निम्ति मात्र आफूले गर्ने गरेको बताउँथे ।
‘म सधैँ समाजवादविरोधी छु । कसैको व्यक्तिगत सम्पत्तिको सरकारीकरणसँगै व्यक्तिको निजात्मकताको मृत्यु हुन्छ ।’ रजनीशको आºनो धारणा ध्यानमा समृद्ध समाज मात्र समाजवादको अभ्यास गर्नयोग्य हुन्छ भन्ने थियो ।
‘कम्युनिस्टहरू जो आफूलाई नास्तिक मान्छन्, वास्तवमा उनीहरू जति आस्तिक अरू कोही हुँदैनन् । हरेक धर्ममा हुने त्रिदेव कम्युनिजममा पनि छन् । माक्र्स, लेनिन र एंगेल्स. कम्युनिस्टका यस्तै देवता हुन् । मुसलमानको काबा झैँ उनीहरूको क्रेमलिन, मुसलमानको मक्का जहाँ उनीहरूको मस्को । धर्मग्रन्थ पनि आºनै छ । दास क्यापिटल । कम्युनिस्टलाई दास क्यापिटलमा लेखिएको छ भनेपछि अरू कुनै विवाद गरिरहनै पर्दैन ।’ रजनीशले भनेका छन् ।
(प्रकाशोन्मुख किताब ‘ओशो’ बाट)

प्रतिक्रिया