ढुकुटीको विषयमा चलचित्र

jharana-thapa-dukutiकाठमाडौं : अवैध रूपमा खेलिने पैसाको खेल ढुकुटीका विविध पक्ष उजार गर्ने उद्देश्यले चलचित्र ‘ढुकुटी’ निर्माण भएको छ । चलचित्र यसै महिनाको अन्तिम साताबाट प्रदर्शनमा ल्याइने शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ ।
झरना थापा, धिरेन शाक्य, रमा थपलिया, डोल्मालगायत कलाकारको मुख्य भूमिकामा अभिनय छ । चलचित्रको कथा, पटकथा, संवाद र गीत रेशम सापकोटाले तयार पारेका छन् ।
आयोजित कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीलगायतले पछिल्लो समय कुनै पनि चलचित्रले राम्रो व्यवसाय नगरिरहेका अवस्थामा यसले भने व्यवसाय गर्न सफल होस् भन्ने शुभकामना दिए । कार्यक्रममा चलचित्रको युनिटले उपस्थिति अतिथि तथा पत्रकारलाई मायाको चिनो भन्दै  खादा तथा चलचित्रको प्रचारका लागि बनाइएको टिर्सट उपहार दिए ।
रञ्जित गजमेरको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, शिव विकको नृत्य छ । चलचित्रमा मुख्य भूमिका निभाएकी नायिका झरना थापा कार्यक्रमको अन्त्यतिर मात्र आइपुगिन् । (सौस)

प्रतिक्रिया