बिन्दास २ मा जीवन र सुष्माको रोमान्स

jiwan-raju-madhuकाठमाडौं : अभिनेत्री सुष्मा कार्कीले चलचित्र बिन्दासमा दिएको ग्ल्यामर दृश्यको छाप दर्शकको मानसपटलमा नमेटिँदै सुष्माका एकसेएक हट पोज बिन्दास दुईमा देख्न पाइनेछन् । निर्माता मधुकुमार श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र बिन्दास दुईमा सुष्माका हट पोज देख्न पाइने भएको हो ।
चलचित्रमा अभिनेत्री कार्कीको रोमान्स अभिनेता जीवन लुइँटेलसँग रहनेछ । जसका लागि यी दुवै कलाकारले सम्झौता गरिसकेका छन् । पछिल्लो समयमा विस्तारै चर्चाको शिखरमा चढ्दै रहेका अभिनेता लुइँटेलले चलचित्रका लागि निर्माण पक्षसँग पाँच लाख एकहजार लिएर अभिनय सम्झौता गरेको निर्देशक राजु गिरीले जानकारी गराए । उनले भने ‘बिन्दास’ चलचित्रको जस्तो यसमा सेक्स र उत्तेजक दृश्य रहँदैनन् । ड्रक्ससम्बन्धी विषयमा यसको कथावस्तु तयार पारिएको छ ।
चलचित्रमा जीवन, सुष्माका अलवा सुशान्त कार्की, नव नायिका अनिशा गुरुङलगायत कलाकारको अभिनय हेर्न पाइनेछ । आगामी १० गतेबाट चलचित्रको छायांकन सुरु हुने निर्देशक गिरीले जनकारी गराए । (सौस)

प्रतिक्रिया