′चुनावको मिति घोषणा गर्न नहतारिऔं′

sher deubaडडेल्धुरा, ३ जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अहिले नै संविधान सभा निर्वाचनको मिति तोक्न आवश्यक नभएको बताएका छन् ।
प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता देउवाले निर्वाचन हुनुभन्दा तीन महिना अघि मात्र मिति घोषणा गर्नुपर्ने धारणा व्यक्त गरे । अहिले नै मिति घोषणा हुँदा निर्वाचन बढी खर्चिलो हुने देउवाको टिप्पणि थियो ।
थ्रेसहोल्डका बारेमा पत्रकारले राखेको जिज्ञासामा देउवाले भने, ‘थ्रेसहोल्ड महत्वपुर्ण होइन, अहिले संविधानसभाको चुनाव महत्वपुर्ण भएकोले आन्दोलनरत पार्टीहरुका मागलाई सम्वोधन गरेर सबै सहभागि हुने बातावरण बनाउनुपर्छ ।’
प्रमुख चार दलको सिफारिसमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गरिएकाले विरोध गर्नुको कुनै तुक नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया