नेवानीको विमान दुर्घटनाग्रस्त

काठमाडौं : नेपाल वायुसेवा निगमको पोखरा–जोमसोम–पोखरा नियमित उडान सकी पुन: पोखराबाट जोमसोम चार्टर उडान गर्ने क्रममा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनाग्रस्त भएको छ ।
ट्वीनअटर नाइन एनएबिओ विमान जोमसोम विमानस्थलको धावन मार्गमा अवतरण गर्न लाग्दा सकुशल अवतरण हुन नसकी दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा चालक दलका सदस्य सहित सबैयात्रु सुरक्षित रहेका छन् ।
चालक दलमा क्याप्टेन दीपेन्द्र प्रधान, को–पाइलटमा सुरेश केसी र विमान परिचारिका सन्तमाया तामाङलाई तारा एयरको उडानबाट तत्कालै पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारको लागि ल्याइएको निगमले जनाएको छ । चालक तथा सहचालकको अवस्था गम्भीर रहेकोले उनीहरूलाई डाइनेस्टी एयरको हेलिकोप्टरबाट शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।
उद्धार गर्ने क्रममा जोमसोमबाट पोखरा डाइनेस्टी एयरको हेलिकोप्टरले तीनपटक उडान भरेको थियो ।  प्रथम उडानमा चार, दोस्रो उडानबाट पाँच र तेस्रो उडानबाट पाँच जना यात्रुको उद्धार गरिएको छ । यात्रुको संख्या १८ रहेकोमा एक नाबालकसहित, आठ जना जापनिज र १० जना नेपाली थिए । सबै यात्रुको प्रारम्भिक उपचार पोखराको गण्डकी अस्पतालमा गरिएको पनि निगमले जनाएको छ । जापानिज यात्रुलाई जापानिज दूतावासको जिम्मा लगाएको पनि निगमले जनाएको छ ।
जहाजमा मघु पन्त, पिआर पन्त, जी. पहाडी, अकिको एबिसी, एच. कावाकामी, एच. याजावा, एस. सातो, जी. टेराडा, वाई. याजावा, एन. नाम्बा, एस. कावाबे, एल. शेर्पा, सन्तोष वि.के., के. मगर राणा, जी.आर. ठाकुर, यु. आर. थापा मगर, वाई गुरुणासहित एक नाबालक रहेका थिए ।

प्रतिक्रिया