सनलाइटमा सचेतना अभियान

देउखुरी : लागुपदार्थ दुव्र्यसनीविरुद्ध थालिएको सचेतना अभियानअन्तर्गत बुधबार लमहीको सनलाइट उच्च माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको छ । जिल्ला विकास समिति र जिल्ला खेलकुद विकास समिति दाङको सहयोग एवं दलित सचेतना अभियान दाङको आयोजनामा भएको कार्यक्रममा लागुपदार्थ दुव्र्यसनी, त्यसको असर र समाधानका उपायबारे जानकारी गराइएको थियो । आयोजक सचेतना अभियानका अध्यक्ष गोपाल विकको अध्यक्षता एवं सनलाइट उच्च माध्यमिक विद्यालयका प्राचार्य रेशमबहादुर बुढाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले दुव्र्यसनीले व्यक्ति, समाज र राष्ट्रमै नकारात्मक असर पुर्‍याउने भन्दै त्यसबाट बच्न सबैसँग अनुरोध गरेका थिए । सो अवसरमा विद्यालयका सहायक प्रचार्य पुनिराम चौधरी, पत्रकार तथा प्रशिक्षक दशरथ घिमिरे, जिल्ला खेलकुद विकास समितिका सदस्य खिमबहादुर चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार दशरथ घिमिरेले लागुऔषध दुव्र्यसनीबारे प्रशिक्षण दिएका थिए । (सौस)

प्रतिक्रिया