प्यूठानमा बस दुर्घटना

buss-1प्यूठान, २ जेठ । प्यूठानको दम्तीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको धर्मावती–१ बाग्दुला बजारबाट बहानेका लागि छुटेको यात्रुबाहक बस आज दिउँसो साढे ३ बजे दुर्घटना भएको थियो ।
लु१ख ५५७५ नम्बरको बस सडकमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा फोप्ली–३ का मुक्ति पुन रहेका छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् । बस सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको खसेको थियो ।
गम्भीर घाईते भएका ३ जनाको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बसमा करिब ६० जना यात्रु रहेका थिए । दुर्घटनापछि गाडी चालक र सहचालक भने फरार रहेको प्रहरीले जनाएको छ । (फाईल तस्विर)

 

प्रतिक्रिया