सर्पदंशबाट दुईको मृत्यु

Banded_water_snake_in_Alabamaधनगढी, २ जेठ । सर्पदंशबाट कैलालीमा एक बालिकासहित दुई महिलाको मृत्यु भएको छ ।
सर्पदंशका कारण गएराती फूलबारी गाविस–३ की ६५ वर्षीया चन्दारूपा सिंह र आज गोदावरी गाविस–५ की ११ वर्षीया ललिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सर्पले डसेपछि गाउ“मै बैद्यले उपचार गर्ने क्रममा सिंहको मृत्यु भएको थियो । सर्पले डसेको घाउमा स्थानीय ३५ वर्षीय बैद्य बाबुराम चौधरीले विष चुसेर निकाल्न लाग्दा उनी पनि बेहोस भएका छन् ।
चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भक्तबहादुर विष्टले बताए । यस्तै सर्पको टोकाईपछि उपचारका लागि सेती अञ्चल अस्पतालमा उपचार गर्न ल्याउने क्रममा नेपालीको बाटोमै ज्यान गएको थियो ।
गर्मी बढे सँगै तराईका जिल्लामा विषालु सर्पको  टोकाईबाट वर्षेनी मर्ने संख्यामा बृद्धि हुनेगरेको छ । सर्पदंशबाट बच्न विशेष सतकर्ता अपनाउन र धामीझार्की कहाँ नगई नजिकका स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीले सवैलाई सल्लाह दिएका छन् ।

प्रतिक्रिया