गैंडाको खुरसहित चौहान पक्राउ

rhinoकाठमाडौं, २ जेठ । काठमाडौंमा प्रहरीले गैंडाको खुरसहित २२ वर्षीय सन्तोष चौहानलाई पक्राउ गरेको छ ।
कोटेश्वर बस्ने रौतहट जिल्ला रङ्गपुर–३ घर भएका चौहानलाई प्रहरीले बुधबार सिनामंगलबाट पक्राउ गरेको हो ।
गैडाको खुर १ थान बेचविखनका लागि बोकी हिडीरहेको अवस्थामा चौहानलाई फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । फाईल तस्विर

प्रतिक्रिया