सेफ्टी ट्याङकीमा आमा/छोरीको शव

Hatya 2गोरखा, २ जेठ । गोरखा जिल्लामा आफ्नै परिवारजनबाट हत्या भएको आमा/छोरीको शव सेफ्टी ट्याङकीमा फेला परेको छ ।
पालुङटार–४ बस्ने २८ बर्षीया सीता शाह ठकुरी र उनकी ३ बर्षीया छोरी करिश्मा शाह ठकुरीको शव ससुरा टेकबहादुर शाहको शौचालयको सेफ्टी ट्याङकीमा बुधबार फेला परेको प्रहरीले जनाएको छ ।
आमा/छोरीको हत्या पछि शवबाट घाँटी छुट्याएर टेकबहादुरको शौचालयको सेफ्टी ट्याङकीमा र टाउको घटनास्थल नजिकको खोल्सीमा लगेर पोको पारी फालेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।
उनीहरुको हत्याको अभियोगमा प्रहरीले मृतकका ससुरा टेकबहादुर, टीकाकुमारी शाह, पशुपति शाह ठकुरी, मधु शाह,  गणेश जंग शाह ठकुरी र मनोज सेन ठकुरीलाई पक्राउ गरेको छ ।
आमा/छोरीको शव सेफ्टी ट्याङकीमा रहेको आशंमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले बधुबार ट्याङकी खोलेर हेदा शव फेला पारेको थियो ।
आमा/छोरीको शव २ वटा बोरामा सडेगलेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले शवको जाँच प्रकृति मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको छ  ।
गत बैशाख–१८ गते साँझ मृतकका ससुरा टेकबहादुर शाह ठकुरी, सासु टीका कुमारी शाह ठकुरी,  पशुपति शाह, मधु शाह, गणेश जंग शाह ठकुरी र मनोज सेन ठकुरीसमेतले आफ्नी बुहारी सीता शाह ठकुरीको हत्याको योजना बनाएका थिए ।
उनीहरुले बुहारीले सताएको भन्दै हत्याको योजना बनाएर सोही दिन राति ११ बजेको समयमा पूर्व योजना अनुसार टेकबहादर शाह ठकुरीसमेतकाले सीता शाह ठकुरीको घरमा गई घाँटी थिचेर हत्या गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया