राष्ट्रिय क्रिकेट टोलीलाई कांग्रेसद्वारा सम्मान

Nepali-Cricket-Team-N-Nepalकाठमाडौं, २ जेठ । कांग्रेसले हालै बर्मुडामा सम्पन्न आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजनको विजेता नेपाली क्रिकेट टिमलाई सम्मान गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज (बिहीबार) आयोजित कार्यक्रममा कांग्रेसको खेलकुद विभागले सम्मान गरेको हो । सो क्रममा कांग्रेस नेताहरुले क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले मुलुकको शिरउँचो भएको जनाए ।
कांग्रेसले क्रिकेट टोलीलाई नगद दुई लाख, सम्मान पत्र तथा खादा लगाई दिएर सम्मान गरेको विभागका प्रमुख धनराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया