‘ठूला परिवर्तनको जस लिन नसक्नु कमजोरी’

काठमाडौं, २ जेठ । एमालेका सचिव शंकर पोखरेलले आर्थिक समृद्धिको माध्यमबाट लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा पोखरेलले राष्ट्रियताको जगेर्नाका लागि अनिर्वाय भएको बताए । एमालेले लिएको सहि नीतिकै कारण मुलुकमा ठूलाठूला परिवर्तन सम्भव भएको उनले दाबी गरे । ‘मुलुकमा भएका परिवर्तनको जस एमालेले लिन नसक्नु शीर्ष नेतृत्वको कमजोरी हो,’ उनले भने ।
बर्तमान अवस्थामा उठेको जाति/जनजाति, भाषा तथा क्षेत्रको सवाललाई एमालेले सम्बोधन गर्नुपर्ने उनले बताए । समयको परिवर्तनलाई नबुझे एमाले समाप्त हुने पोखरेको भनाई छ ।
एमालेका केन्द्रीय सदस्य तथा उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीको सम्पूर्ण शक्तिलाई आगामी संबिधानसभा निर्वाचनमा केन्द्रित गर्नु पर्ने बताए । उनले भने, ‘उपत्यकामा एमालेलाई पहिलो शक्तिको रुपमा पुर्‍याउन लाग्नु पर्छ ।’

प्रतिक्रिया