जोमसोममा निगमको जहाज दुर्घटनाग्रस्त

Jomsom-Plane-1पोखरा, २ जेठ । मुस्ताङ जिल्लास्थित जोमसोमस्थित कालीगण्डकी नदी किनारमा नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान दुर्घटना भएको छ ।
दुर्घटनामा मानवीय क्षति भएको छैन । विमानको केही भाग कालीगण्डकी नदीमा खसेको छ । जोमसोम विमानस्थलमा अबतरण गर्ने क्रममा विमान कालीगण्डकी नदीको तिरमा आज (बिहीबार) विहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
विमान तिव्रगतिको हावाका कारण दुर्घटनामा परेको हुन सक्ने प्रारम्भीक अनुमान छ । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा घाईतेको उद्धार गरिएको थियो ।
विमानलाई मुख्य चालक दीपेन्द्र प्रधान, सहचालक सुरेश केसी र परिचारिका सन्तमाया तामाङले लिएर गएका थिए । विमानमा चालक दलका सदस्यसहित २२ यात्रु सवार थिए ।
घाइते मध्ये ६ जना यात्रुको अवस्था गम्भीर छ । विमानमा आठ जना जापानका नागरिक, ११ नेपाली र तीन जना चालक दलका सदस्य रहेका थिए । (तस्विर फेसबुक मार्फत)

प्रतिक्रिया