लभ इन क्राइम छायांकन सकियो

Tarunisउदयपुर  : क्रान्ति केसीद्वारा निर्देशित नेपाली कथानक चलचित्र लभ इन क्राइमको छायाकन सकिएको छ । चलचित्रको छायाकन सकिएलगत्तै पोस्ट प्रोडक्सन कार्य सुरु भएको छ । करिब २२ लाखमा निर्माण भएको चलचित्र आगामी जेठ मसान्तसम्ममा देशभर एकसाथ रिलिज गर्ने योजनामा निर्माण पक्ष लागेको छ ।
पोस्टप्रोडक्सन सकिएलगत्तै चलचित्र युनिट चलचित्र प्रचार–प्रसारका लागि मेची–कोसी देश दौडाहामा निस्कने जानकारी दिइएको छ । प्रेममा हुने अपराध र साँघुरो सोचाइबाट मान्छेको जीवनमा हुने उतार–चढावलाई मनोवैज्ञानिक विश्लेषणबाट देखाउन खोजिएको चलचित्र एसकेएस फिल्म ब्यानरमा निर्माण भएको छ ।
चलचित्रमा कथा सम्पादन तथा निर्देशन केसीकै छ । गीता नेपाल, मनोज बस्नेत, बिनी घिमिरे, सुवास कार्कीलगायतको मुख्य अभिनय रहेको यस चलचित्रलाई कृष्ण कार्कीले निर्माण गरेका हुन् । चलचित्रमा हरिनारायण चौधरीको छायांकन, मन्जिल मोहन कार्कीको संगीत र स्यारोन रेग्मी क्षत्रीको गीत छ । (सौस)

प्रतिक्रिया