दिल्लीलाई हराउँदै चेन्नाई शीर्षमा

IPL-Crikt-dhoniचेन्नाई :  इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सको अग्रता कायम गरेको छ । १५आँै खेलको समाप्तीमा २२ अंक जोडेको चेन्नाई शीर्ष दुईमा रहने सम्भावना प्रबल भएको छ ।  मंगलबार राति भएको खेलमा चेन्नाईले दिल्ली  डेयर डेभिल्सलाई ३३ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६८ रन जोडेको थियो । उसका लागि कप्तान महेन्द्रसिंह धोनीले ५८ रन जोडेका थिए । धोनीले ३५ बलको सामना गर्दै २ चौका र ४ छक्काको मद्दतमा अर्धसतकीय पारी खेले । त्यस्तै मुरली विजयले ३१, माइक हसीले २६ र रविन्द्र जडेजाले २४ रनको योगदान दिएका थिए ।
जवाफमा १६९ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको दिल्ली पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ३५ रनमा समेटिएको थियो । दिल्लीले सुरुवातमा नै विकेट गुमायो । सुरुवाती ब्याट्सम्यान वीरेन्द्र सहवागलाई पहिलो ओभरको दोस्रो बलामा नै मोहित शर्माले शून्य रनमा आउट गरे । दिल्लीका लागि वार्नरले ४४ रन जोड्नुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । दिल्लीलाई सस्तैमा समेट्ने क्रममा एलबी मोर्केलले ३ विकेट लिएका थिए । त्यस्तै शर्मा, आश्विन र ब्राभोको नाममा २/२ विकेट रह्यो । (एजेन्सी)

प्रतिक्रिया