राजस्व संकलनमा कमी

कञ्चनपुर : जिल्ला विकास समिति कञ्चनपुरमा गत आवको तुलनामा चालु आवमा राजस्व संकलनमा कमी आएको छ । आव ०६८/०६९ मा ४ करोड ७२ लाख ४८ हजार ६ सय ३६ रुपियाँ राजस्व संकलन भएकामा आव ०६९/०७० को हालसम्म ३ करोड ७२ लाख ५३ हजार ५ सय राजस्व संकलन भएको छ ।  गत वर्षको तुलनामा झन्डै एक करोडले राजस्व संकलनमा कमी भएको जिल्ला विकास समितिका नायब सुब्बा टेकबहादुर चन्दले बताए ।

प्रतिक्रिया