सर्त नराख्न खनालको आग्रह

काठमाडौं : एमाले अध्यक्ष झलनाथ खनालले नेकपा–माओवादी, मधेसी जनअधिकार फोरमलगायत दललाई संविधानसभा चुनावका लागि सर्त नराख्न आग्रह गरेका छन् । बुधबारदेखि एक महिनाका लागि उच्चस्तरीय राजनीतिक समितिको संयोजकको जिम्मेवारी सम्हालेका खनालले अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनप्रति असन्तुष्ट दलहरूलाई यस्तो आग्रह गरेका हुन् । वर्तमान सरकार गठनका लागि भएका ११ बुँदे सहमति र २५ बँुदे बाधा अडकाउ फुकाउसम्बन्धी आदेश खारेज गर्न नसकिने स्पष्ट पार्दै खनालले सञ्चारकर्मीसँग वार्ता र संवादको माध्यमबाटै सबै समस्याको निकास खोज्नुपर्ने स्पष्ट पार्दै त्यसका लागि सर्त नराख्न माओवादीलाई आग्रह गरे ।
‘चुनावका लागि सर्त नराख्न वैद्यजीलाई मेरो आग्रह छ, पूरा गर्न संभव हुने माग हामी सम्बोधन गर्छौं तर असंभव माग राखेर चुनावी वातावरण नबिथोल्न मेरो विनम्र अनुरोध छ,’ उनले भने ।

प्रतिक्रिया