एनएफएचद्वारा विद्यार्थीलाई सहयोग

काठमाडौं, २ जेठ । एनएफएच सोसियल बेलफेयर विङले फर्पिङ–८ स्थित मनकामना प्राविका ५६ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएको छ । मिस नेवा ११३३ सुदिना श्रेष्ठले बुधबार मनकामनाका विद्यार्थीलाई पोशाक वितरण गरेकी हुन् ।
राष्ट्रिय फोटो पत्रकार संघका उपाध्यक्ष हरिगोपालको प्रमुख अतिथ्य रहेको  कार्यक्रममा वर्तमान किड्–क्विन नेपाल शर्मिला हमाल र गायक निर्णय श्रेष्ठले कापी, कलमलगातय स्टेसनरी सामान वितरण गरेका थिए । नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धरले यस्ता शैक्षिक सामग्रीले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने बताए । उनले चाँडै यस्ता कार्यक्रम देशका अन्य क्षेत्रमा गर्ने जानकारी गराए । सोसियल बेल्फेयर विङले काभ्रे, दोलखालगायत थुप्रै जिल्लामा विभिन्न सरकारी विद्यालयमा यसअघि स्टेसनरी तथा पुस्तक वितरण गरिसकेको छ ।

प्रतिक्रिया