शिखरकटेरीमा चौध लाखमा पर्खाल निर्माण

दमौली, २ जेठ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चँुदीस्थित शिखर कटेरीमा १४ लाख रुपियाँ लागतमा पर्खाल निर्माण सम्पन्न भएको छ । शिखर कटेरीस्थित १० रोपनी क्षेत्रफलमा पर्खाल लगाएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक बलराम पौडेलले बताए ।
सो स्थानमा पश्चिमाञ्चल विकास मञ्चले भानुभक्तकालीन पुरानो शैलीको घर, प्राचीनकालीन बगैँचा, भ्यु टावर, भानुभक्तकालीन पोखरी, घरवास(होम–स्टे)लगायत संरचना निर्माण गरी साहित्यिक पर्यटकीय स्थलका रूपमा विकास गर्न भानु जन्मस्थल विकास समितिसँग सम्झौता गरिसकेको छ । आदिकवि भानुभक्त आयार्चको कृतित्व र व्यक्तित्वको विकास गराई आन्तरिक एवं बाह्य पर्यटक चँुदी रम्घामा उल्लेख्य मात्रामा भित्र्याउने उद्देश्य राखी शिखर कटेरीमा भानुभक्तको झझल्को दिने संरचना बनाउन लागिएको समितिका अध्यक्ष बलराम ढकालले बताए ।

प्रतिक्रिया