जेठ अन्तिमतिर खनाल चीन जाने

Jhalnath-khanalकाठमाडौं, १ जेठ । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक भएकै दिन नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई चीनले भ्रमणका लागि निम्तो दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमण गरेलगत्तै अर्का कम्युनिष्ट पार्टीका अध्यक्ष खनाललाई चीनले भ्रमणको निम्तो दिएको हो ।
खनाल निवास डल्लुमा चिनिया राजदूत उ चुन्ताईले आज चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको तर्फबाट बेइजिङ आमन्त्रण गरेका हुन् । खनालको नेतृत्वमा उच्चस्तरीय राजनीतिक प्रतिनिधिमण्डलाई आगामी जुनको दोश्रो साता भ्रमणको निम्तो दिइएको हो ।

 

प्रतिक्रिया