अमेरिकी खुद्रा बिक्रीमा वृद्धि

वासिंगटन : गत महिना पुन: गिरावट आएपछि अप्रिल महिनामा अमेरिकी खुद्रा बिक्री अप्रत्याशित रूपमा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । तथ्यांक केही दिनअघि मात्रै सार्वजनिक गरिएको हो ।
वाणिज्य विभागले मार्च महिनामा शून्य दशमलव पाँच प्रतिशतको गिरावटपछि अप्रिल महिनामा खुद्रा बिक्री शून्य दशमलव एक प्रतिशतको झिनो आकारले वृद्धि भएको बताएको छ । मार्चको आँकडा नौ महिनामा सबैभन्दा धेरै गिरावटको अवस्थामा थियो । साथै पेट्रोल स्टेसनको बिक्रीलाई बाहिर राख्दा खुद खर्च शून्य दशमलव सात प्रतिशतले बढेको छ । यसले उपभोक्ताले तिनीहरूको खर्चलाई बढाइरहेको देखाएको छ ।
उपभोक्ताले गर्ने खर्चले अमेरिकी आर्थिक गतिविधिको दुई तिहाई हिस्सा योगदान गर्दछ । कार, पेट्रोल र निर्माण सामग्रीलाई समेट्ने प्रमुख बिक्री र कुल गार्हस्थ्य उत्पादनको उभपोक्ता खर्च घट्नुका साथै सबैभन्दा निकट अवस्था शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।
अप्रिल महिनामा कार बिक्री एक प्रतिशतले र कपडाको बिक्री एक दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । डिपार्टमेन्ट स्टोरलाई समेट्ने सामान्य मर्केन्डाइज स्टोरको बिक्री एक प्रतिशतले बढेको छ । इलेक्ट्रोनिक्स र उपकरण स्टोरका साथै निर्माण सामाग्री र बगैँचा आपूर्ति भण्डारको बिक्रीमा पनि वृद्धि भएको छ । अमेरिकामा पनि विश्वव्यापी आर्थिक मन्दीले ठूलो समस्या पारेको छ ।

प्रतिक्रिया