पुरातात्विक वस्तुसहित पक्राउ

Aajitlal-Shrestha-Chorकाठमाडौं, १ जेठ । प्रहरीले पुरातात्विक महत्त्वका सामग्रीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठमेलका ५५ वर्षीय अजितलाल श्रेष्ठ छन् ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले श्रेष्ठलाई २६ वैशाखमा पक्राउ गरेको थियो । श्रेष्ठको घर खानतलासी गर्ने क्रममा प्रहरीले काठको ट्वाकलमा सुनको जलप लगाइएको पर्वा, तामामा सुनको जलप लगाइएको पाता, सुनको  जलप लगाइएको वुद्धको मूर्ति, ढलौटको महाविर, तामाको मुकुट, सुनको जलप लगाइएका  ढलोटको सिंह पत्रलगायतका सामग्री बरामद गरेको थियो । प्रहरीका अनुसार बरामद भएका सामग्री एक सय वर्ष पुराना रहेको परीक्षणबाट खुलेको छ ।
श्रेष्ठको घरबाट बरामद भएका सामग्री पक्राउलगतै परीक्षणका लागि प्रहरीले सिंहदरबार रामशाहपथस्थित पुरातत्व विभाग पठाएको थियो । बरामद भएका सबै सामाग्री एक सय वर्ष पुरानो रहेको परीक्षणबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले उक्त सामग्री वर्षौदेखि चोरी निकासी गर्दै आएका थिए ।

प्रतिक्रिया