यौनहिंसा भएको भन्दै प्रहरीमा

भैरहवा, १ जेठ  । आफ्नै कार्यलयका प्रमुखद्वारा पटकपटक आफूमाथि यौनहिंसा भएको भन्दै सोही कार्यालयमा अधिकृत तहमा कार्यरत मोहन तारा पछाई यतिबेला जिल्ला प्रहरी कार्यालयको महिला सेलको ढोका ढकढक्याउन पुगेकी छन् । महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका दर्जनौं प्रतिनिधिसहित अधिकृत पछाई मंगलबार प्रहरी कार्यलयमा पुगेकी हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीको पब्लिक हेल्थअन्तर्गत अधिकृत तहमा काम गर्ने पछाईले कार्यालय समयमै कार्यालय प्रमुख महेश्वर श्रेष्ठले पटकपटक यौनहिंसा गरेको भन्दै न्यायका लागि यसअघि जिल्ला प्रशासनक कार्यालय, जिल्लास्थित महिला अधिकारवादी संघसंस्था गुहारिसकेकी छन् तर उनको गुहारलाई जिल्ला प्रशासनले गम्भीरतापूर्वक नलिएको पीडित पछाईले गुनासो गरेकी छन् ।

प्रतिक्रिया