अग्रवाललाई अपहरणकारी सम्म पुर्‍याउने युवती पक्राउ

Sushil-Gurung-Butwalकाठमाडौं, १ जेठ । व्यापारी राजेशकुमार अग्रवाललाई यौन आकर्षणमा पारी अपहरणकारीको कब्जासम्म पुर्‍याउने युवती बुटवलकी–२६ वर्षीया सुशिला गुरुङ भएको पत्ता लागेको छ । प्रहरीले उनीसहित घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय भारतीय नागरिक मोवारक अन्सारी र दाङ रामपुर–९ की ३८ वर्षीया कल्पना भनिने मोटी विष्ट छन् । प्रहरीका  अनुसार २६ वर्षीया गुरुङले अग्रवाललाई टोलिफोनमार्फत कलंकीस्थित बाबा प्रेट्रोल पम्पनजिक बोलाएकी थिइन् ।
कुर्ता–सुरुवालमा रहेकी गुरुङले ‘सबै काम कोठामा पुगेपछि गर्ने’ भन्दै अग्रवाललाई अपहरणकारीसम्म पुर्‍याएकी थिइन् । निर्माणाधीन घरको तेस्रो ºल्याटको कोठामा लगेपछि चिया बनाएर ल्याउने भन्दै उनी भागेकी थिइन् । त्यसपछि अपहरणका मुख्य  योजनाकार कोठामा प्रवेश गरी अग्रवाल र उनका परिवारसँग डिल गरेका थिए ।
प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार मजिर उल्लाह मनिहार र विष्ट हुन् । अग्रवालको अपहरण गर्न दुवै मिलेर योजना बनाएका थिए । उनीहरूले सिकाएबमोजिम गुरुङले काम गरेकी थिइन् । विष्ट श्रीमान्सँग आठ वर्षदेखि अलग भई एक्लै बस्दै आएकी महिला हुन् ।
अग्रवाललाई थुनेको घर कुरेर बस्ने र फिरौती रकम मागका लागि टेलिफोन सम्पर्क गराउने काम विष्टले गर्थिन् । प्रहरीका अनुसार यो कामका लागि मात्रै उनले विभिन्न नम्बरका सातवटा सिम कार्ड प्रयोग गरेकी थिइन् ।
पक्राउ परेका अर्का अभियुक्त भारतीय नागरिक अन्सारीले अग्रवाललाई थुनेर राखेको घरमा कुरेर बस्ने, पीडक र पीडितबीच टेलिफोन सम्पर्क गराउने काम गर्थे ।

प्रतिक्रिया