हाकिमबाटै महिला कर्मचारी माथि यौनहिंसा !

Balatkar 5भैरहवा, ३१ वैशाख । आफ्नै हाकिमबाट पटक पटक यौनहिंसा भएको भन्दै अधिकृत तहमा कार्यरत एक महिलाले आज प्रहरीमा उजुरी हालेकी छिन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको पब्लिक हेल्थ अन्र्तगत कार्यरत अधिकृत मोहन तारा पछाईले लामो समय देखि कार्यालय प्रमुखले आफुलाई यौनहिंसा गर्दै आएको आरोप लगाएकी हुन् । महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका दर्जर्नौ प्रतिनीधि सहित अधिकृत पछाईले आज जिल्ला प्रहरी कार्यालयको महिला सेलमा हाकिम महेश्वर श्रेष्ठ विरुद्ध उजुरी हालेकी हुन् ।
अधिकृत पछाईले कार्यालय प्रमुख श्रेष्ठको कर्तुतबारे जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपनि सुनुवाई नभएकाले जिल्ला प्रहरी कार्यालयमा रहेको महिला सेललाई गुहार्नु परेको बताईन् ।

प्रतिक्रिया