एक दर्जन नीजि विद्यालयलाई कारवाही

School 1राजविराज, ३१ वैसाख । जिल्ला शिक्षा कार्यालय सप्तरीले गैरकानुनी रुपमा सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आज कारवाही गरेको छ । पछिल्लो एकसाता देखि अनुगमन गर्दै आएको शिक्षा कार्यालयले गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको भेटेपछि १३ विद्यालयलाई बन्द गराएको छ । योसंगै जिल्लाका ३४ वटा निजी विद्यालय पुन  सञ्चालन नहुने गरी बन्द भएका छन् ।

जिल्ला शिक्षा कार्यालयको अनुगमन टोलीद्वारा आज वन्द गरिएका विद्यालयहरुमा हनुमाननगरको शिक्षादीप इंलिस वोर्डिङ्ग स्कुल, कोईलाडी वरसाईनको ज्ञानज्योति इंलिस वोर्डिङ्ग स्कुल, १ नंम्वर योगिनीयाको वजरंग इंलिस वोर्डिङ्ग स्कुल, २ नं योगिनियाको श्रीवैष्णवदेवी इंलिस वोर्डिङ्ग स्कुल , मन्सापुरको रामजनकी इंलिस वोर्डिङ्ग स्कुल छन् । यसैगरी कोईलाडीको वालविद्या निकेतन इंलिस वोर्डिङ्ग स्कुल, फत्तेपुरका त्रियूगा इंलिस वोर्डिङ्ग स्कुल र एलायन्स इंलिस वोर्डिङ्ग स्कुल, ओद्राहाको पुस्पाञ्जली इंलिस वोर्डिङ्ग स्कुल, कमलपुरको सप्तकोशी इंलिस वोर्डिङ्ग स्कुल, घोघनपुरको राजाजी इंलिस वोर्डिङ्ग स्कुल, धरमपुरको रेझिल इंलिस वोर्डिङ्ग स्कुल र कन्चनपुरको सारदा इंलिस एकेडेमी वन्द भएको शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयले हिजो ११ तथा गएको २६ र २७ गते १० वटा नीजि विद्यालय बन्द गराएका थिए । जिल्लामा करिब ६० भन्दा बढी गैरकानुनी रुपमा विद्यालय सञ्चालनमा रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया