विद्यार्थी नेताहरु माथि सांघातिक आक्रमण

Nepal Student Unionकाठमाडौं, ३१ वैशाख । नेपाल विद्यार्थी संघले चितवनमा केन्द्रीय नेताहरु माथि भएको सांघातिक आक्रमणका दोषीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
नेविसंघले मंगलबार विज्ञप्ति जारी गरेर चितवनमा प्रमुख अतिथि र अतिथि माथि भएको आक्रमणका सम्बन्धमा छानविन गरी कारबाहीको सिफारिस गर्न तीन सदस्सीय समिति गठन गरेको हो ।
केन्द्रीय सदस्य अशोक बास्ताकोटीको संयोजकत्वमा तीन सदस्सीय छानविन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । समितिका सदस्यमा पदम अधिकारी र जनक भट्ट छन् ।
घटनाको सत्यतथ्य पत्तालगाई तीन दिन भित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिईएको छ ।
मंगलबार चिवतनस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा आयोजित स्वागत र्काक्रमका प्रमुख अतिथि जितजंग बस्नेत, केन्द्रीय सदस्य निर्मल पौडेललगायत माथि सांघातिक आक्रमण भएको नेविसंघले जनाएको छ ।
कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, पूर्व सभापति विकास कोइरालाको निर्देशनमा विद्यार्थी नेता तथा कार्यकर्ता माथि सांघातिक आक्रमण भएको नेविसंघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले आरोप लगाएका छन् ।
नेविसंघले अतिथिहरु माथि भएको आक्रमणको घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘अतिथिहरु माथि आक्रमण र अपमान गरिनु अत्यन्तै घृणित, अशोभनीय र गौरराजनीतिक चरित्रको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको घोर भत्र्सना गर्दै संलग्न दोषीलाई छानविन गरेर सांगठनिक कारबाही हुने छ ।’

प्रतिक्रिया