निशर्त वार्ताम आउन वैद्य माओवादीलाई आग्रह

Khilraj Regmi Cjकाठमाडौं, ३० वैशाख । सरकारले बैद्य नेतृत्वको नेकपा माओवादीलाई पूर्वशर्त त्यागी वार्तामा आउन आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले कुनै पनि समस्याको निकास छलफल र वार्ताबाट मात्रै हुने भन्दै निशर्त वार्तामा आउन माओवादीसहितको मोर्चालाई आग्रह गरेको छ । ‘कुनै पनि समस्याको निकास वार्ता, छलफल र संवादबाट मात्रै हुन्छ भन्नेमा सरकार विश्वस्त छ,’ बैठकपछि सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आफ्ना पूर्वशर्त त्यागी आसन्न संविधान सभा निर्वाचन र वर्तमान समसामयीक बिषयका बारेमा छलफल गर्न माओवादीसहितको मोर्चामा सम्बद्ध दलहरुलाई सरकार विशेष आव्हान गर्दछ ।’
सरकारसंग वार्तामा बस्नुअघि चार दलबीच भएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज र अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्ति खारेजीको माग माओवादीसहितको मोर्चाले अगाडि सारेको छ । साथै मंसिर भित्रै निर्वाचन सम्पन्न गराउन सरकारले निर्वाचनका लागि व्यापक राजनीतिक आधार तयार गर्ने लगायत निर्वाचनसम्बन्धि विभिन्न तयारी तिव्रताका साथ अगाडि बढाएको विज्ञप्चीमा उल्लेख छ ।

प्रतिक्रिया